सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताले हिसाव खोज्दा, कुमारीचोक बुझाउन तैयार हुनु बेश

481
shares

 

राजन कार्की
पाखण्डीको कामै पाखण्ड देखाउनु हो । नेतृत्वको गुण भए न नेतृत्व देखाउनु ? राजनीतिलाई व्यवसाय बनाउनेले देखाउने नै पाखण्ड हो । १४ वर्षमा जे देखियो, पाखण्ड बाहेक केही देखिएन ।

परिवर्तन हामीले गरेका र्हौं भन्नेहरु कति गलत रहेछन्, समयले प्रमाणित गरिदिएको छ । आँट र ताकत भइदिएका भए, राजनीतिक सिद्धान्त, नैतिक बल र स्पष्ट लक्ष्य भएको नेपाल अग्रगमनको धेरै अगाडि पुगिने थियो । यिनको यात्रा बेइजिङ, दिल्ली, वाशिङ्टन तिर छ, जनताको जीवनस्तर उकास्नेतिर छैन । यसकारण त यिनमा स्वाभिमान र स्वाधीनताको कमी छ । कहाँ छन् प्रचण्ड बाबुरामहरु ? कहाँ छन् देउवा, ओली र महन्थहरु ? यिनका पछि लाग्ने लहडबाजे युवा नेताहरु कहाँ छन् ? यी जहाँ छन्, त्यहाँ भ्रष्टाचार र विभेदमात्र छ । अनुशासनहीनता र नैतिकहीनता मात्र छ ।

यसकारण त देश आँसुमा डुबेको छ । जनआन्दोलनका सफल नेता र तिनका सहयोगीहरुले जनताको रगत–पसिनाको सर्बत मात्र पिए । बाल्मिकी बन्न नसकेका सुकुलगुण्डा सावित भइसकेका छन् । जनताका नेताहरुले देश र जनताका लागि सामुहिक बहस कहिले पनि गरेनन् । निदानको खोजी कहिले गर्न खोजेनन् । यी वाल्मिकी बन्न नसकेका रत्नाकर हुन् । जो उज्यालो होइनन्, अँध्यारो मात्र हुन् । यसकारण त मुलुकमा हिंसा र व्यभिचार बढिरहेछ ।

वाल्मिकी बन्न सक्ने विवेक थियो र रत्नाकरले ऋषिमन, ऋषि सुझाव बुझेर सत्मार्गतिर लागे । स्वर्ग र नर्क पृथ्वीमै छ, मान्छेले यही जीवनमा स्वर्ग र नर्कको भोग गर्छ भन्ने मान्यता बुझे । यस्तो मान्यता न सर्वहारावादी, न समाजवादीले बुझे ? यसकारण त यिनीहरुमा राष्ट्रघात बढी देखिन्छ ।
हरेक चुनावमा, हरेक परिवर्तनमा आमजनताले साथ दिए, ज्ञान दिए, सहमति र सहकार्य गर भन्ने अर्ति पनि दिए । तर, कलियुगका रत्नाकर परे हाम्रा नेताहरु । त्यसैले आफूलाई स्वार्थको शिखरपुरुष माने, लोकतान्त्रिक साँचोमा ढाल्न सकेनन् । पापकर्म, भ्रष्टाचार र कुशासनलाई यिनले धर्म ठाने । जीत ठाने । जसरी पनि सत्ता, शक्ति र सम्पत्ति कमाउनुपर्छ भन्ने यिनको मान्यता रह्यो । लोकतन्त्रको जगमा अलोकतान्त्रिक र अपवित्र धारणा बोकेका कारण जनादेश र जनआकांक्षा यिनलाई अपाच्य बन्यो । फलस्वरुप एकजना नेता पनि बाल्मिकी बन्न सकेनन् । राष्ट्र बाल्मिकीबिहीन रत्नाकरहरुको जंगल बनिसकेको छ । जंगलमा हुने जंगली शासन हो, मत्स्य न्याय हो । मुलुकमा संवैधानिक नामको लोकतान्त्रिक जंगल शासन चलिरहेको छ ।

स्वार्थको पोखरीमा डुब्दा डुब्दा यिनको चेतना तन्तु मरिसक्यो, अव यिनले अनुशासनमा चलाउनुपर्ने लोकतन्त्र चलाउन सक्ने देखिदैन । लोकतान्त्रिक गणतन्त्रलाई जीवन्त पार्ने र लोकको जीवन पद्धतिमा रुपान्तरण गर्न सक्ने ल्याकत यिनमा रहेन ।
खेतबारीमा ठड्याएको बुख्याँचा र लोकतन्त्रमा उभ्भिएका नेताहरुमा खासै भिन्नता छैन । बुख्याँचा निर्जिव हो, नेता जिवित देखिन्छन् । जब मानवीय मर्म र मर्यादा राख्दैनन्, विवेक देखाउँदैनन्, तिनीहरु कति जिवित होलान् ? राजनीति गर्नेले श्वास फेर्नुमात्र बाँच्नु होइन । जनताको नजरमा, विश्वासमा बाँच्नुपर्छ । कुनै पनि नेता जनताको विश्वासमा बाँचेको देखिदैन । मुलुकमा विश्वासको संकट घनिभूत छ ।
जता हेरे पनि राजनीतिकरण । राजनीतिक गुण्डातन्त्र । बेश्या शरीर बेच्छे, इमान बेच्दिन, हाम्रा नेताहरु त नङ्गा नाचे हजार दाउ गरिरहेका छन् । जनतालाई राजनीतिक सिण्डिकेटमा अल्झाएर महावली बन्नेहरु लोकतान्त्रिक हुन सक्दैनन् ।

देशको परिस्थिति जे छ, त्यो तिक्त अनुभूति पूर्वराजाले बोले । राजतन्त्रविहीन प्रजातन्त्र सान्दर्भिक हुननसक्ने निष्कर्ष पूर्वराजाले सुनाइदिए । के चाहियो ? खतरा देखे यिनले र बाबुरामको मुखबाट निरङ्कूश शब्द ओकलिहाले– चुपचाप लोकतन्त्र मानेर बस । यही हो लोकतन्त्र ? संविधानमा वाक स्वतन्त्रता लेखिएको छ, अब बोल्न पनि नपाइने भयो । नागरिकमाथिको यस्तो निषेध र विभेद संवैधानिक शासन हुनसक्दैन । आफू बोलीको सम्मान गर्न नसक्ने, अरुलाई बोल्नबाट रोक्नु भनेको सीमा नाघेको निरङ्कूशता हो ।

पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि आजसम्म कुनै पनि प्रकारको बाधा ब्यवधान खडा गरेका छैनन्, त्यस्ता राजाले ब्रम्हले देखेको नागरिक हक पनि प्रयोग गर्न नपाउने ? संविधान असफल भयो, राजनीति असफल भयो, नेताहरु असफल भए र सत्ताको बागडोर यिनै असफलहरु जनादेशबाट होइन परमादेशबाट चलाइरहेका छन् ।

संसद छ, देश र जनताको विषयमा बहस हुँदैन । सरकार छ, देश र जनताका लागि कुनै निर्णय नै गर्न सक्दैन । जनता पीडामा छन्, परमादेशको सरकारले पनि सय दिन पार गरेको छ । जनतामा निराशाबाहेक केही पनि छैन । अब जनताले अर्को विद्रोह गर्नैपर्ने परिस्थिति आइसक्यो । यदि जनता सडकमा निस्किए भने यी अग्रगमनकारी लोकतान्त्रिक नामधारी नेताहरु कता लुक्छन् ? कता भाग्छन् ? हुन त हरेक नेता विदेशको ग्रिनकार्ड बोकेर बसेका छन् । ती भाग्लान्, भागेर सुख पाउनेवाला छैनन् । जनताले हिसाव खोज्छन्, बहीखाता खुलेका दिन कुमारीचोक बुझाउन हरेक नेताले अहिलेदेखि तयारी गरे हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports