kumari
stcnepal

चीनले नेपालको चुचे नक्सालाई मान्यता दिएन

काठमाडौँ । छिमेकी राष्ट्र चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको छ । सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो ।

चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ । नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो । सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो । सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो ।

अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ । एजेन्सी

footer