kumari
stcnepal

गृह मन्त्रालयले दुई जना सिडियो सहित तिन सहसचिवको सरूवा गर्यो, को-कहाँ ?

काठमाडौं । सरकारले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित तीन जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै धनकुटा र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयमा कार्यरत एक सहसचिव सरुवा गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय तानिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । गौतम पाँच महिना अघि गृह मन्त्रालयबाट धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर गएका थिए भने पौडेलले सात महिना अघि मात्रै काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर गएका थिए ।

यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । शर्मा पनि पाँच महिना अघि मात्रै गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी पाएकी थिईन । गृह मन्त्रालय सरुवा हुनु अघि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिइन् ।

footer