kumari
stcnepal

भरतपुरमा दलितको हत्या

काठमाडौँ । आधुनिक युगमा, त्यसमाथि सर्वहारावादी, जनवादी भन्न रुचाउने माओवादीले मेयर चलाएको भरतपुरमा मन्दिर प्रवेश गर्न लागेका दलितको हत्या ? यो भन्दा असभ्य नगर कुन हुनसक्छ ?

महानगर–४ स्थित दुर्गा मन्दिरमा “दलितले पनि पुजा गर्न पाउनुपर्छ ” भनेर आवाज उठाउँदा भिम वि.क.को हत्या गरिएको समाचारले यो लोकतन्त्र होइन, हत्यातन्त्र चलिरहेको भन्न सकिन्छ ।

नेपालगञ्जमा मुसलमानमाथि प्रहरी ज्यादति, भरतपुरमा दलितको हत्या । यस्तो पनि संवैधानिक शासन हुनसक्छ र ?दलितको हत्यापछि उठेको आवाज दबाउन राजनीति सुरु भएको छ ।

दोषीलाई बचाउन राजनीतिक नेता र दलहरु नै लाग्छन् भने योभन्दा दयनीय तन्त्र अरु के हुनसक्छ ? चुनाव आउन लाग्यो भनेर अपराधी बचाउने राजनीति भनेको अपराधिकरण नै हो । यो हत्याकाण्डमा दोषीले सजाय पाउने सम्भाबना न्यून बनेर गएको छ ।
लोकतन्त्रमा पनि यति डरलाग्दो सामाजिक विभेद ?

footer