kumari
stcnepal

बाढीपहिरो पीडितलाई राहत दिन ओलीको माग

 

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवाद समेत दिए ।
यही कात्तिक १ देखि भारी वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ । क्षतिको विवरण आउन अझै बाँकी छ ।अर्को प्रशंगमा अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी गरे । उनले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास व्यक्त गरे ।
अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिएका हुन् ।

footer