kumari
stcnepal

एमालेको केन्द्रिय कार्यालय अब च्यासलमा

काठमाडौँ । अब नेकपा एमालेको केन्द्रिय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आज एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी भएको छ अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण कामहरू यहीँबाट हुने छन् । महासचिव पोखरेलले सहमति भएको तस्वीर पोष्ट गर्दै भनेका छन् ।

footer