kumari
stcnepal

त्रिभुवन विमानस्थल भन्सार कार्यालय आज बाट ठप्प हुने

काठमाडौं। त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि कर्मभारीहरुले आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।

सामुहिक सरुवा सहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखा मार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ । आइतबार उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बिमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भिर आरोप लगाएका छन ।

footer