kumari
stcnepal

१७ दिन अघि बेपत्ता भएका सेनाका मेजरको शव फेला पर्यो

भदौ १० गतेदेखि बेपत्ता भएका नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको सम्पर्कविहीन भएको १७ दिनपछि शव फेला परेको बताइएको छ ।

डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा औंठी र घडी लगाएको एक पुरुषको शव फेला परेपछि सेनाको टोली त्यसतर्फ गएको थियो । मेजर ध्रुव कार्कीको टोली परिवार सहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो ।

सेनाले उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा टोली त्यसतर्फ पठाएको थियो । शरीर पानीमै भए पनि कपडा नरहेको अवस्थामा शव भेटिएको स्थानीयले खबर गरेपछि सैनिक टोली त्यहाँ गएको हो । भदौ १० गते अपरान्ह साढे ४ बजे इभिइनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ’तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित आज मृत फेला परेका हुन् ।

footer