kumari
stcnepal

एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दै

 

एजेन्सी :२३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ ।

खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । तर, बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० ले अन्तरले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

 

footer