kumari
stcnepal

नयाँ बानेश्वरको बीच सडकमै पर्योे गहिरो खाल्डो

काठमाडौं : नयाँ बानेश्वरको बीच सडक भत्किएर करिब १५ फिट गहिरो खाल्डो परेको छ । आज बिहान सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको र त्यपछि १५ फिट गहिरो खाल्टो परेको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ ।

खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनी मार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ ।

दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ । त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।

 

 

footer