kumari
stcnepal

प्रधानन्यायाधिस राणाको गुण तिर्न मानन्धरले विवादित जग्गामा ऋण दिएको रहस्य

 

काठमाडौँ । विवादको घेरामा तानिएका सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले दिएको एक अन्तरीम आदेशमा सम्वन्धीत पदाधिकारीवाट राणाका परिवारले लाभ लिएको रहस्य खुलेको छ । प्रधानन्यायाधिश राणाले प्राइम कमर्सियल वैकका कार्यकारी प्रमुख अधिकृत नारायणदास मानन्धरको जागिर थमौति गरिदिएका थिए । राणाका भाई प्रभुशमशेरले सीयो मानन्धरको ठाडो आदेशमा ऋण लिएका थिए ।

२०७६ श्रावण २२ गते दर्ता भएको उक्त मुद्धा अहिले सम्म दुई पटक वाहेक सुनुवाईका लागि पेशीमा चढेको छैन । २२ श्रावणमा दर्ता भएको मुद्धा श्रावण २८ गते नै प्रधानन्यायाधिश राणाले सियो मानन्धरको पक्षमा अन्तरीम आदेश दिएका थिए । सियो मानन्धर र प्रधानन्यायाधिश राणा बाल्यकालको आफ्ना साथीको जागीर जोगाउन राणाले उक्त मुद्धा आफ्नै वेन्चमा राखेका थिए । प्रारम्भीक सुनुवाईवाट अन्तरिम आदेश दिने अनि दुई वर्षसम्म पेशी नै नचढाउने प्रबृती यहाँ देखिएको छ ।

प्रधानन्यायाधिश राणाका भाई प्रभु शमशेरले २०७६ मंसीर २४ गते ठमेलको विवादित जगा खरीद गरेका थिए । उक्त जग्गा ३ करोड ११ लाख ६० हजारमा किनिएको र घरको मुल्य ८८लाख ३९ हजार गरी एक मुष्ठ रुपमा ४ करारेडमा घर जग्गा किनिएको थियो । घर जग्गा किनिएको केही दिनमा भाई प्रभुले प्राइम बैकवाट ३ करोड ७५ लाख रुपैया लिएका थिए । प्रमुख कार्यकारी अधिकृत सियोको आदेशमा कमलपोखरी शाखावाट कागजात जुटाएर तत्कालै ऋण दिएको थियो । दाईले आफ्नो जागिर वचाई दिएवापत भाईलाई ऋण दिलाएका थियो त्यो पनि विवादित घर जग्गा धितो राखेर ।

नेपाल राष्ट्र बैकले २०७४ वैशाख १० गते देखि लागु गरेको बैक तथा वित्तिय संस्था ऐनको दफा २९ मा संस्थाको कार्यकारी प्रमुख सम्वन्धी व्यवस्थाअनुसार परिपत्र जारी गरेको थियो । उक्त व्यवस्थानुसार दुई पटक भन्दा बढी नियुक्ती हुन नसक्ने थियो । सो परिपत्र जारी गर्दा प्राइम बैकका सियो मानन्धर ७६ वर्षका थिए । मानन्धर २०७३ देखि ३ वर्षका लागि सियोमा नियुक्त भएका थिए । पदावली सकिएपछि दोस्रो पटक २०७६ श्रावण १७ फेरी सियोमा नियुक्त भए परिपत्रअनुसार पदमा रहिरहन असम्भव भएपछि मानन्धर अदालतमा पुगेकोमा प्रधानन्यायाधिश राणाले अन्तरीम आदेश जारी गरीदिएका थिए । त्यसैको गुण तिर्न मानन्धरले राणाका भाईलाई विवादित जग्गा धितोमा राखेर ठूलो मात्रामा ऋण दिलाएका थिए। उक्त ऋण दिलाउन एक विज्ञापन कम्पनीका मालिक समेत लागि परेको बैक सूत्रले जनाएको छ ।

footer