विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिस राणाको गुण तिर्न मानन्धरले विवादित जग्गामा ऋण दिएको रहस्य

1.18K
shares

 

काठमाडौँ । विवादको घेरामा तानिएका सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले दिएको एक अन्तरीम आदेशमा सम्वन्धीत पदाधिकारीवाट राणाका परिवारले लाभ लिएको रहस्य खुलेको छ । प्रधानन्यायाधिश राणाले प्राइम कमर्सियल वैकका कार्यकारी प्रमुख अधिकृत नारायणदास मानन्धरको जागिर थमौति गरिदिएका थिए । राणाका भाई प्रभुशमशेरले सीयो मानन्धरको ठाडो आदेशमा ऋण लिएका थिए ।

२०७६ श्रावण २२ गते दर्ता भएको उक्त मुद्धा अहिले सम्म दुई पटक वाहेक सुनुवाईका लागि पेशीमा चढेको छैन । २२ श्रावणमा दर्ता भएको मुद्धा श्रावण २८ गते नै प्रधानन्यायाधिश राणाले सियो मानन्धरको पक्षमा अन्तरीम आदेश दिएका थिए । सियो मानन्धर र प्रधानन्यायाधिश राणा बाल्यकालको आफ्ना साथीको जागीर जोगाउन राणाले उक्त मुद्धा आफ्नै वेन्चमा राखेका थिए । प्रारम्भीक सुनुवाईवाट अन्तरिम आदेश दिने अनि दुई वर्षसम्म पेशी नै नचढाउने प्रबृती यहाँ देखिएको छ ।

प्रधानन्यायाधिश राणाका भाई प्रभु शमशेरले २०७६ मंसीर २४ गते ठमेलको विवादित जगा खरीद गरेका थिए । उक्त जग्गा ३ करोड ११ लाख ६० हजारमा किनिएको र घरको मुल्य ८८लाख ३९ हजार गरी एक मुष्ठ रुपमा ४ करारेडमा घर जग्गा किनिएको थियो । घर जग्गा किनिएको केही दिनमा भाई प्रभुले प्राइम बैकवाट ३ करोड ७५ लाख रुपैया लिएका थिए । प्रमुख कार्यकारी अधिकृत सियोको आदेशमा कमलपोखरी शाखावाट कागजात जुटाएर तत्कालै ऋण दिएको थियो । दाईले आफ्नो जागिर वचाई दिएवापत भाईलाई ऋण दिलाएका थियो त्यो पनि विवादित घर जग्गा धितो राखेर ।

नेपाल राष्ट्र बैकले २०७४ वैशाख १० गते देखि लागु गरेको बैक तथा वित्तिय संस्था ऐनको दफा २९ मा संस्थाको कार्यकारी प्रमुख सम्वन्धी व्यवस्थाअनुसार परिपत्र जारी गरेको थियो । उक्त व्यवस्थानुसार दुई पटक भन्दा बढी नियुक्ती हुन नसक्ने थियो । सो परिपत्र जारी गर्दा प्राइम बैकका सियो मानन्धर ७६ वर्षका थिए । मानन्धर २०७३ देखि ३ वर्षका लागि सियोमा नियुक्त भएका थिए । पदावली सकिएपछि दोस्रो पटक २०७६ श्रावण १७ फेरी सियोमा नियुक्त भए परिपत्रअनुसार पदमा रहिरहन असम्भव भएपछि मानन्धर अदालतमा पुगेकोमा प्रधानन्यायाधिश राणाले अन्तरीम आदेश जारी गरीदिएका थिए । त्यसैको गुण तिर्न मानन्धरले राणाका भाईलाई विवादित जग्गा धितोमा राखेर ठूलो मात्रामा ऋण दिलाएका थिए। उक्त ऋण दिलाउन एक विज्ञापन कम्पनीका मालिक समेत लागि परेको बैक सूत्रले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports