kumari
stcnepal

आज देखि देशभरका सामुदायिक विद्यालयहरू बन्द

काठमाडौं । आज देखी सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुन लागेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताए । ‘बुधबारदेखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहीबारदेखी अनिश्चितकालिन विद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने व्यवस्था मिलाइएको छ ।’

शिक्षकहरुका माग पुरा गर्न सरकार गम्भीर नभएपछि बाध्य भएर सडकमा आउनु परेको उनीहरुको भनाई छ । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । आन्दोलनको पहिलो दिन हिजो बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

footer