kumari
stcnepal

बीओकेको ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

 

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य २१० तोकिएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

footer