kumari
stcnepal

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज (बुधबार) प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। संविधानको धारा १६९ को १ ९(क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत दिइन् ।

गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे शाक्यले आजको प्रदेशसभा बैठकमा उत्तर दिएकी थिइन् । राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाइने बताइएको छ ।

आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका थियो। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसके पनि मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै मतदान प्रक्रियामा जानुनपरेको सभामुख सानुकुमार श्रेष्ठले बताएका थिए । प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

 

 

footer