kumari
stcnepal

संसदमा आज पनि एमालेको नाराबाजी

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ससदमा आज पनि नाराबाजी गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका थिए ।
२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले आजको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता दिएको हो ।

एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेका छन् । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै एमालेको नारावाजीलाई बेवस्था गर्दै आएका छन् ।

एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । यसरी सत्ता पक्षले विपक्षी दललाई पेल्दै जाने र विपक्षी दलले ससदमा नारावाजी गरिरहने हो भने वर्तमान ससदको विगठन गरी ताजा जनादेशमा जानुको अर्को विकल्प देखिदैन । ससादले काम मै नगरी जनताले तिरेको कर वाट तलव भत्ता लगायतका सुविधा लिनैको लागि असफल भईसकेको ससद चलाई राख्नुको कुनै औचित्य देखिदैन ।

footer