kumari
stcnepal

देउवा सरकारको उपहार सिमेन्ट र रडमा मुल्य वृद्धि

काठमाडौँ ।अहिले विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि स्वतः बढ्नेछ । अहिले विश्वभर नै कोइला संकट चुलिएको छ । जारी संकटको चपेटा सबैभन्दा बढी चीन र भारतले खेपिरहेका छन् । ती देशमा ऊर्जा संकट पनि चुलिँदैछ । कोरोना महामारीका कारण खासगरी उत्पादक मुलुक अष्ट्रेलिया र दक्षिण अफ्रिकामा कोइला उत्खनन् नहुँदा यो समस्या आइपरेको हो ।
गत वर्षसम्म प्रतिकिलो १४ रुपैयाँमा पाइने कोइला अहिले ३४ रुपैयाँ पुगेको छ । बढीले मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपालका निर्माण उद्योगमा परेको छ । सिमेन्ट, डण्डी र इँटा उद्योगले कोइलालाई मुख्य ऊर्जाको रूपमा प्रयोग गर्छन् । ‘यतिखेर कोइला बढेकै मूल्यमा आयात गर्नुपर्ने अवस्था छ र बढेको मूल्यमा आयात गरिएको कोइला प्रयोग गरेर उत्पादन गरिएको वस्तुको लागत स्वतः बढिरहेको छ,’ सिमेन्ट उद्योग उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने ।

अन्तर्राष्ट्रिय बजारमा कोइला अभावसँगै मूल्य बढेपछि नेपालमा सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ३५ रुपैयाँसम्म बढेको छ । सिमेन्टको मूल्यवृद्धि यत्तिमै नरोकिने अध्यक्ष थापाले बताए । अबको केही समयमा सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँदेखि १२५ रुपैयाँसम्म बढ्ने थापा बताएका हुन् ।

footer