kumari
stcnepal

एसियाली खेलकुद : करातेमा एरिकाले जितिन ऐतिहासिक रजत पदक

हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।

यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अ‌ंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।

एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो । एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।

footer