linktrix Long Ad
Salt Trading Long Ad

सिधाकुरा डटकम बिरूद्धको मुद्धामा आज सुनुवाई, ९ जना न्यायाधीशको बृहत इजलास गठन हुने

923
shares

काठमाडौं । सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध सर्वोच्च अदालतमा रिटमा आज सुनुवाइ हुँदैछ ।सिधाकुराले प्रसारण गरेको विवादित अडिओलाई लिएर सर्वोच्च अदालत प्रशासनले नै उठाएको प्रतिवेदनका आधारमा आज बृहत पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

उक्त मुद्दाको छिानोफानो गर्नका लागि ९ न्यायाधीशको इजलास गठन हुँदै छ । सर्वोच्चमा सामान्यतः ५ न्यायाधीशसम्म रहने इजलास बन्ने गरेको छ । तर, गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले बृहत् आकारको इजलासमा सुनुवाइ गर्न आदेश दिएपछि आज ९ न्यायाधीशको इजलास बन्न लागेको हो ।

सिधाकुरा प्रकरणमा सर्वोच्चले अदालतको अवहेलना मुद्दामा यसअघिका नजिरमै पुनरवलोकन गर्न सक्ने गरी बृहत् पूर्ण इजलासबाट सीमा तोक्ने उक्त संयुक्त इजलासको आदेशमा भनिएको छ । यसअघि डा. गोविन्द केसीविरुद्धको मुद्दामा ७ न्यायाधीशको इजलासले फैसला गरेकाले उक्त फैसलामा कायम नजिर पनि पुनरवलोकन गर्नुपर्ने भन्दै सर्वोच्चले अझै ठूलो इजलासमा मुद्दा हेर्न लागेको हो । आज उक्त मुद्दाको सुनुवाइ हुने सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports