kumari
stcnepal

इजरायल र प्यालेस्टाइन बीच लामो समयदेखिको खिचातानी बीच प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो ,घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत

काठमाडौं । इजरायल र प्यालेस्टाइन बीच लामो समयदेखिको खिचातानी बीच प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ । गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार अपराह्न सिंहदरबार स्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन् । भर्खरै सकिएको बैठकमा इजरायल पढ्न गएका विद्यार्थी मध्ये केही घाइते भएको सूचना प्राप्त गरेपछिको परिस्थिति विश्लेषण भएको बताइएको छ ।बैठकपछि बोल्दै मन्त्री साउदले भने, ‘हामीले नेपालबाट गएका विद्यार्थीहरु घाइते भएको सूचना पाएका छौं । एकैछिनपछि विस्तृत बुझेर मन्त्रालयको धारणा सार्वजनिक गर्छौं ।’

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘प्रारम्भिक सूचनाहरु उपलब्ध भएका छन्, हामी घटनाक्रमलाई बुझ्ने र विश्लेषण गर्ने क्रममा छौं ।’ इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको आतंक विरुद्ध आफूहरु युद्धमा गएको र कडा नतिजाको सामना गर्नुपर्ने घोषणा गरेका छन् । १९८७ मा इजरायल विरुद्ध युद्ध गर्न भनेर खुलेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासलाई सिरिटी इरान नामक संस्थाको पृष्ठपोषण छ । हमास अर्थात् इस्लामिक प्रतिरोध आन्दोलन नाम दिइएको संस्था इजरायलसँग रकेट लन्चर र बमसहित आक्रमणमा उत्रिएपछि संसारभरिको ध्यान खिचिएको छ ।

footer