kumari
stcnepal

कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तान माथि शानदार जीत हासिल गर्यो

कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शर्माले मात्र ८४ बलमा १३१ बनाएपछि भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा सफलतापूर्वक पछ्यायो । खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । उनले सुरुमा डेभिड वार्नरले सबैभन्दा कम पालीमा एकदिवसीय विश्वकपमा १ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बराबरी गरे ।

दुवै खेलाडीले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् ।खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान पनि तोडेका छन् । गेलको यसअघि ५५३ छक्काको कीर्तिमान रहेको थियो । उनले मात्र ६३ बलमा शतक पुरा गरेका थिए । जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो । यसअघि कपिल देवले ७२ बलमा शतक बनाएका थिए भने सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए ।

विश्वकपमा उनको सातौँ शतक थियो । योसँगै उनले प्रतियोगितामा सर्वाधिक शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमान पनि भङ्ग गरेका छन् । उनले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् । जबकि सचिनले ४४ पालीमा ६ शतक बनाएका थिए । रोहित आउट भएपछि विराट कोहलीले नटआउट रहँदै ५५ रन तथा श्रेयस ऐयरले पनि नटआउट रहँदै २५ रन बनाएर भारतलाई जीतसम्म पुर्‍याए । यसअघि ओपनर ईशान किसन भने ४७ रन बनाएर आउट भएका थिए । शर्मा र किसन दुवैलाई रासिद खानले आफ्नो शिकार बनाए ।

footer