kumari
stcnepal

कैद मिनाहा गरिएका रिगल बिरूद्धको मुद्दा सुनुवाई हुँदै

काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज (रिगल) ढकाल विरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

गैरकानूनी रुपमा कैद मिनाहा गरी रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् ।उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।

footer