kumari
stcnepal

यू -१९ टीमबाट दुई सतक हान्ने देव खनालले बनाए पहिलो नेपाली खेलाडीको रेकर्ड

काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरान विरुद्ध शतक प्रहार गर्दै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् ।

देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए । यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेत विरुद्ध शतक प्रहार गरेका थिए ।

एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ । नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन् ।

footer