kumari
stcnepal

एसीसी यू १९ मा इराक बिरूद्ध नेपाल २ सय ७४ रनले बिजयी

काठमाडौं । एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भयो ।

नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए । यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

footer