kumari
stcnepal

एकदिवसीय विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई सहजै हरायो

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा पाकिस्तान माथि ७ विकेटको रवाफिलो जित सहित भारतले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखेको हो। यो पाकिस्तानमाथि विश्वकपमा भारतको ८ औं जित हो। पाकिस्तान विश्वकपमा भारतलाई हराउन फेरी एकपटक असफल भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १ सय ९१ रनमा समेटिएको थियो। उक्त लक्ष्य भारतले १ सय १७ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। भारतको जितमा रोहित शर्मा र श्रेयस अय्यरले अर्धशतकीय इनिङ खेले। रोहितले ८६ रनको इनिङ खेल्दा शुभमन गिल र विराट कोहलीले समान १६-१६ रन बनाएका थिए। पाँचौं नम्बरमा ब्याटिङका लागि आएका श्रेयस अय्यरले ५३ रनको अर्धशतकीय अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरे। उनलाई केएल राहुलले १९ रनमा अविजित साथ दिए। पाकिस्तानका लागि साहिन साह अफ्रिदीले २ विकेट लिंदा हसन अलीले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान भारतीय बलरसामु खुलेर खेल्न असफल भयो। पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक मोहम्मद रिजवान ४९ रनमा पेभिलियन फर्किए। त्यस्ते अब्दुल्लाह साफिक २० रन बनाउँदा इमाम उलहक ३६ रनमा पेभिलियन फर्किए। तर मध्य र पछिल्लो क्रम समालिन नसक्दा लगातार विकेट पतनको सिकार भयो। भारतका पाँच बलरले समान २-२ विकेट लिएका थिए। जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दीक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए।

 

footer