kumari
stcnepal

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा आज नेपाल र युएइ बीच खेल हुने

काठमाडौं । नेपाल सहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको पहिलो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ ।

footer