kumari
stcnepal

त्रिकोणात्मक श्रृंखला : नेपालको त्रिकोणात्मक श्रृंखलामा बिजयी सुरुवात

काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक सँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अविनाश बोहराले समान १–१ विकेट लिए ।

footer