kumari
stcnepal

त्रिकोणात्मक टी—२० क्रिकेट शृंखला : नेपालले हङ्कङलाई ६ विकेटले पराजित गर्यो

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।

footer