kumari
stcnepal

दक्षिण अफ्रिकाले पाकिस्तानलाई निकै रोमाञ्चक खेलमा १ विकेटले हरायो

चेन्नई । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई निकै रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेटको क्षतिमा पछ्यायो ।

निकै दबाबबिच केशव महाराज र ताब्रियास शाम्सीले आफ्नो विकेट जोगाउँदै दक्षिण अफ्रिकालाई जीतसम्म डोर्‍याएका हुन् । टोलीका लागि एइडेन मारक्रमले सर्वाधिक ९१ रन रन बनाए । उनले ९३ बल खेल्दै ७ चौका र ३ छक्का हिर्काए । त्यस्तै, डेभिड मिलरले २९ रन तथा कप्तान तेम्बा बाभुमाले २८ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाएर तब्रायाज शाम्सीको बलमा आउट भए । शकिलले ५२ बलमा ५२ रन बनाए । उनले ७ चौका हिर्काए ।

footer