kumari
stcnepal

अस्ट्रेलियाको बिस्फोट ब्याटिङ, न्युजिल्यान्डलाई दियो ३ सय ८९ रनको लक्ष्य

धर्मशाला । पाँच पटकको विजेता अस्ट्रेलियाले शानदार ब्याटिङको नमुना प्रस्तुत गर्दै न्युजिल्याण्डविरुद्ध ३ सय ०० लक्ष्य प्रस्तुत गरेको छ । हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको हो ।

अस्ट्रेलियालाई ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । दुवैले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८५ रन बनाए । यस क्रममा उनले ५ चौका र ६ छक्का हिर्काए । ट्राभिस हेडले पनि आक्रामक पाली खेल्दै शतक बनाए । उनले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए । यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो । यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । विश्वकपमा उनको यो पहिलो तथा करियरको चौथो शतक हो ।

दुई खेलाडी आउट भएपछि अस्ट्रेलिया मध्यक्रमले खासै ठुलो योगदान दिन सकेन । मिचेल मार्स ३६ रन बनाएर आउट भए भने स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८–१८ रन बनाए । त्यसपछि आएका ग्लने म्याक्सवेलले पुनः विस्फोटक पाली खेले । अघिल्लो खेलमा ४० बलमा शतक बनाएर कीर्तिमान बनाएका उनले २४ बलमा ४१ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, जोस इंग्लिस र कप्तान प्याट कमिन्सले अस्ट्रेलियालाई विशाल योगफलसम्म पुर्‍याए । इंग्ल्सिले मात्र २८ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । कप्तान कमिन्सले १४ बलमा ३७ रन बनाए । उनले दुई चौका र ४ छक्का हिर्काए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

footer