kumari
stcnepal

विश्वकप क्रिकेट : आज भारत र इङ्ल्यान्ड बिच खेल हुने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा आइतबार घरेलु टोली भारत र साबिक विजेता राष्ट्र इङ्गल्यान्ड बिच प्रतिस्पर्धा हुँदै छ । यी दुबै टोलीले जारी विश्वकपमा छैटौँ खेल खेल्न लागेका हुन् । खेल लखनउस्थित एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा हालसम्म आफूले खेलेको पाँचवटै खेलमा भारत विजयी भएको छ । यसका विपरीत अत्यन्तै निराशाजनक प्रदर्शन गरेको साबिक विजेता इङ्गल्यान्डले भने आफूले खेलेका पाँच मध्ये चार खेलमा हार भोगेको छ । भारत १० अंक सहित तालिकाको पहिलो र इङ्गल्यान्ड दुई अंक सहित तालिकाको सबैभन्दा तल (१०औँ स्थानमा) आसीन छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने इङ्गल्यान्डको सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ ।

जारी विश्वकपमा हालसम्म भारत एक मात्र अपराजित राष्ट्र पनि हो । विश्वकपको इतिहासमा हालसम्म दुई पटक मात्र साबिक विजेता राष्ट्र नकआउट चरणमा पुग्न असफल भएका छन् । आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म भारत र इङ्गल्यान्डबिच आठवटा खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा इङ्गल्यान्ड र तीन खेलमा भारत विजयी भएका छन् । विश्वकपमा यी दुई राष्ट्रबिचको एक खेल भने बराबरीमा सकिएको छ ।

 

footer