kumari
stcnepal

तिन कोइराला एकै ठाउँमा उभिए

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला केन्द्रयि सदस्यहरु शेखर कोइराला र सुजाता कोइराला शनिबार जिपी कोइराला फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा विरगञ्जमा एउटै मञ्चमा उभिएर अब कोइराला परिवारमा कुनै मतभेद नभएको उद्घोष गरेका छन् । उनीहरुले त्यस अवसरमा पार्टी नेतृत्वको आलोचना गर्दै आफूहरु एक भएको उद्घोषसम्म गरेका छन् ।

कोइराला परिवारका यी तिनै जनताले एकै ठाउँमा उभिएर पार्टी नेतृत्वको आलोचना गर्दे पार्टीभित्र गुट उपगुट भएको भन्दै सभापति शेरबहादुर देउवाले नै गुट चलाएकोले पार्टी कमजोर भएको आरोप उनीहरुले लगाएका थिए । महामन्त्री शसांक कोइराल र शेखर कोइरालाको भनाई एउटै रहेको थियो । उनीहरुले नेतृत्वमा राजनीतिक संस्कार ह्रास हुँदै गएको भन्दै त्यसै कारण पार्टी कमजोर भएको उद्घोष गरेका थिए ।

उनीहरुका अनुसार पार्टी नेतृत्वले गुटको राजनीति गरेको हुनाले अन्य नेताहरुले समेत गुट उपगुट चलाइरहेकाले पार्टी तिनै गुटबाट ग्रस्त भएको भन्दै घात अन्तरघात गर्ने प्रवृत्ति हाबी भएकोले अब यसलाई हटाउन ध्यान दिनुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिएका थिए । पार्टीलाई पहिलाकै अवस्थामा पु¥याउन पार्टी नेतृत्व उदार हुनुपर्नेमा कोइरालाले जोड दिएका थिए ।

संस्कारविना गरिने राजनीति पनि एक अपराध भएको उद्घोष शेखर कोइरालाले गरेका थिए । तोकिएको समयसीमा भित्रै महाधिवेशन गरी कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने भन्दै तदर्थवादले अब पार्टी नचल्ने उनको दाबी रहेको थियो । अब पार्टीको नेतृत्व युवा वर्गले समाल्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

हामी तीन कोइराला एक छौं जिपी फाउन्डेशनकी अध्यक्ष समेत रहेकी सुजाता कोइरालाले भनिन् कोइराला परिवार मिलेको छैन भन्नेहरुले अब टाउको दुखाई रहनुपर्दैन भन्दै सरकारको एक वर्षे कार्यकाल सुन्य रहेको आरोपसमेत लगाएकी थिइन् ।

रेल र पानीजहाजको कार्यलय उद्घाटन त भयो तर पानी जहाज र रेल किन कोसँग ऋण माग्ने उनले भनिन् यी सबै मनगणन्ते कुराहरु हुन् भन्दै अबको चुनावमा ओली सरकारका कमी कमजोरीलाई जनतासामू लगेर कांग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्ताहरुलाई आग्रह गरेकी थिइन् ।

कांग्रेसको इतिहास मेटाउन खोज्नेहरु आफैँ नास हुने भन्दै शेखर कोइरालाले भने राष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र गणतन्त्र आएको महसुस भएको भन्दै सरकारले नै संघीयतालाई धरापमा पारेको आरोप समेत लगाएका थिए । स्मरण रहोस् केही महिना पहिना पनि यी तिनै जना विराटनगर पुगेर कोइराला परिवार एक भएको उद्घोष गरेका थिए ।

footer