kumari
stcnepal

नेपाली क्रिकेट टोली विश्वकपमा छानिए नोबल कलेजले १५ लाख पुरुस्कार दिने

नोबेल मेडिकल कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपमा छनोट भए पन्ध्र लाख पुरस्कार दिने घोषणा गरेको छ । कलेजका प्रमुख कार्यकारी अधिकारी डा.भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघलाई पत्र लेख्दै विश्वकपमा पुगे खेलाडीलाई प्रोत्साहन स्वरुप एकमुष्ट पन्ध्र लाख दिने जानकारी दिएका हुन् ।

टी–२० विश्वकप २०२४ एसिया क्वालिफायर छनौटको फाइनल जिते थप पाँच लाख प्रदान गर्ने पनि नोबेलको घोषणा छ । ‘विश्वकप छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसिय लसहित) लाई प्रोत्साहन स्वरुप एकमुष्ट पन्ध्र लाख पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ,‘ पत्रमा भनिएको छ, ‘साथै, फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप पाँच लाख समेत प्रदान गरिनेछ ।’

आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपका लागि एसिया क्षेत्रीय छनोट खेल नेपालमा जारी छ । प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवैमा जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सेमिफाइनल जिते नेपाल विश्वकपमा पुग्नेछ । प्रतियोगितामा सहभागी एसियाका आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ । फाइनल खेल्ने दुई टीम विश्वकपमा छनोट हुनेछन् ।

 

footer