kumari
stcnepal

यूएईलाई पराजित गर्दै नेपाल टी- २० विश्वकपमा

काठमाडौं । नेपाल आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो । आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे ।

footer