kumari
stcnepal

नेपाली क्रिकेट टीमलाई एमाले अध्यक्ष ओलीले दिए बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई ओलीले बधाई दिनुभएको हो । मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।

नेपाल बिश्वकपमा छनोट भएपछि ओलीले खुसी साटनु भएको छ । सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भन्नुभएको छ, ‘निरन्तर कोसिस पछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !

footer