kumari
stcnepal

नेदरल्यान्ड्सले अफगानिस्तानलाई जितका लागि एक सय ८० रनको लक्ष्य दियो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबार खेलिएको खेलमा नेदरल्यान्ड्सले अफगानिस्तानलाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्ड एन्जलबर्चले ५८ रनको योगदान गरे । उनले ८६ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान म्याक्स ओ’डाओडले पनि ४२ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४० बलमा नौवटा चौका प्रहार गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान कोलिन एकरम्यानले पनि २९ रन बनाए । रोलफ भान डर मर्वेले पनि ३३ बलको सामना गरी ११ रन बनाए । आर्यन दत्ताले अविजित १० रन बनाए ।

footer