kumari
stcnepal

जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा

कात्तिक । जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।

‘काठमाडौंमा पनि घाइते बिरामी ल्याइदै छ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारी सहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्‍यौं’, डा. बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं । चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं ।’

वीर तथा ट्रमा सेन्टरका चिकित्सक र इमर्जेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन् । वीर अस्पतालबाट डा. खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरू गरेको खड्काले बताए । ‘उहाँहरूले एक चरण गम्भीर खालका बिरामीलाई उपचार गरेर भेरी लगायतका अस्पताल रिफर गर्नुभएको रहेछ । त्यहाँको टिमले निर्णयपछि काठमाडौंमा बिरामी पठाउने तयारी रहेको जानकारी प्राप्त भएको छ’, डा. बस्नेतले भने ।

footer