सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजतन्त्र नुहियो, लोकतन्त्र तुहियो, कानुन व्यवस्था कुहियो

546
shares

राजन कार्की
राजतन्त्र नुहियो, लोकतन्त्र तुहियो, कानुन व्यवस्था कुहियो । वर्तमान नेपालको तस्वीर हो यो ।
परिवर्तन समयले ल्याउने हो, ल्यायो । जभेललाई छोपेर हाल्नेले घ्यू थपे, विदेशी ताकत थपे र राजतन्त्रलाई नुहिन बाध्य पारे । त्यसपछि राजतन्त्रलाई किनारा लगाए । लोकतन्त्र आयो । असन्तुष्टमा खुशी छायो, अब त केही राम्रो होला कि भन्ने आशा पलायो ।
तर, हातमा सत्ता आएपछि सत्ताधारीहरु यसरी तुहिए कि उनीहरु सग्लै छन्, स्वस्थ छन् भन्ने स्थिति नै रहेन । सत्ताधारीहरु बौलाह साँढे कुदे झैं कुदिरहे, आमनागरिकको जीवन खोरिया बनिरह्यो । परिवर्तनपछि हुनुपर्ने चार तीन तत्व रहेछन्– दूरदृष्टि, इमानदारिता, सुशासन र निष्पक्षता । केही पनि बाक्ी रहेन । लोकतन्त्र जतिसुकै उत्तम व्यवस्था भए पनि व्यवस्थापन हुन नसक्दा लोकतन्त्र तुहियो । कानुन व्यवस्था भन्ने नै केही बाँकी रहेन । जता हेरे पनि सेटिङ्, नाताबाद, कृपाबाद, अनियमिता । कानुन व्यवस्था भन्ने केही पनि बाँकी रहेन । लोकतन्त्र दुर्गन्धपुर बन्यो । कुहियो । नागरिक असन्तुष्ट छन्, सन्तुष्टीलाई एकलौटी बनाएर राजनीतिक दलहरु अलोकतान्त्रिक जात्रा देखाइरहेका छन् ।

लोकतन्त्र १५ वर्षमै यसरी अलोकप्रिय किन भयो ? हरेकका मनमा उठ्ने स्वभाविक प्रश्न हो यो । तर यतिबिघ्न दुर्गन्धित भइसक्दा पनि लोकतन्त्रका रथी, महारथीहरु आत्ममिमांसा गर्न तैयार छैनन् । उनीहरुलाई लागेको छ– उनीहरुले गरेको जेमन्त नै लोकतन्त्र हो ।
समयले भनिरहेको छ– हाँक्ने रथीहरु भ्रष्ट भए, भिजनहीन भए, बेइमान भए, जनताप्रति जवाफदेही भएनन् । योग्यता, पारदर्शिता र जिम्मेवार बन्न नसकेपछि नेताले व्यवस्थालाई कसरी अलोकप्रिय बनाउने रहेछ, पर्दा खुलिसकेको छ । अब पनि सचेत नहुने हो भने अर्को जनसुनामीलाई रोक्न सकिने छैन ।

देश गरीब छ, गरीब देशका नेताहरु सर्वहाराको, सिमान्तकृत बर्गको, निसहायको परमेश्वरका रुपमा उदाएका थिए, १५ वर्षमा ती राक्षसी प्रवृत्तिका कारण जनताका सहायकसम्म बन्न सकेनन् । गरीब देश र गरीव जनताको चरम शोषण गरेर जति पनि नेता, तिनका परिवार र तिनका वरिपरिका प्रभावशाली व्यक्तिहरु छन्, ती सबै आज लखपति, करोडपति, अर्वपति बनिसके । १५ वर्षमा आएको लोकतान्त्रिक परिवर्तन यही हो ।

जनताको जनजिविका र राष्ट्रका आधारहरु खस्किदै र कडीहरु खुस्किदै गएका छन् । यसको जिम्मेवारी आजका नेताहरुले लिनुपर्छ । जनताले कुनै दिन कसी घसे भने यी नेताहरु पत्रु सावित हुनेछन् । जनताले नै दण्ड दिने दिन आउनेछ । हालैका दिनमा अफगानिस्तानमा के भयो ? अफगानिस्तानमा ठूलो परिवर्तन आयो । तालिवानले स्थापित सत्तालाई लखेट्यो, निर्वाचित राष्ट्रपतिले देश छाडेर भाग्नुप¥यो । त्यो देख्दादेख्दै पनि हाम्रा निर्वाचितहरु इतिहासबाट शिक्षा लिइरहेका छैनन् । मानौं, उनीहरु आफैमा ती घटनाक्रम होस् भनेर प्रतिक्षा गरिरहेका छन् ।

हाम्रो मूल प्रश्न हो– नेपाल बाँच्ने कसरी, नेपालीत्व बचाउने कसरी ? प्रत्येक नेपालीले आज सोच्नैपर्ने विषय यही हो । वीरले देश बनाए, बचाए, आजको नेतृत्व पुस्ता देश डढाएर आगो ताप्दैछ, खरानी बेचेर सम्पन्न हुँदैछ । यो अग्रगमन होइन । यो त परिवर्तित सभ्यतालाई चुनौति हो । अतिवर्षा भयो भने बाढीले आफ्नो नियति आफै तय गर्छ । नेपालको परिस्थितिमा जनबाढी आउन थालेको छ, बढ्दैछ । नेपाल यथार्थमा ज्वालामुखीमाथि खडा देखिन्छ ।

हाम्रा नेताहरुले न त १९७५ को सिक्किम पढे, न त फिजी । लोकतन्त्र अराजक भीड र अराजक भीड अराजक होडबाजी गरिरहेका छन् । माछा मार्न फिजी पुगेको व्यक्ति १८ वर्षमै फिजीको प्रधामन्त्री कसरी बन्यो, उनको नाम हो महेन्द्र चौधरी । यत्ति कुरा पनि नेपालका नेताले हेक्का राख्न सकेनन् । यसकारण यो नेतृत्व असफल छ, अज्ञानी छ, अयोग्य छ ।

यस्ता असफल नेताहरु वीरनरसिंह कुवर जो १९०३ को कोतपर्व गरेर श्री ३ जंगबहादुर राणा बने, तिनकै पदचिन्हमा हिड्नेहरु छन् । ती त चलाख थिए, वीर थिए । यी न स्वार्थी छन्, विदेशीका सामु लगलग खुट्टा कमाउनेहरु छन् । यी के जंगबहादुर बन्लान् ? यिनले जानेको लोकतन्त्रको जामा लगाएर लाखे नाच्नु हो । लाखे नाच्नु भनेको जात्रा मात्र हो ।

नेपालमा परिवर्तन कसरी आयो ? जनयुद्ध र जनआन्दोलनको सत्य के हो, उजागर भइसकेको छ । जनयुद्ध भारतको प्रोक्सी वार रहेछ, जसले नेपाली राष्ट्रवाद कमजोर बनाएर तारेभीरमा पु¥यायो । जनआन्दोलन भारतकै जोडबलले भएको रहेछ, जसले लोकतन्त्र त ल्यायो, लोकतन्त्रका मानसिक असन्तुलन भएका चालकहरुमार्फत नेपालको अस्तित्व संकटमा पारिसकेको छ । बुझ्नेहरु चिच्याइरहेछन्, राजनीतिमा परिपक्वता आएन । परराष्ट्रनीतिमा फितलोपन भयो । इतिहासले अनेक चुकहरु टिपिरहेको छ । ती चूकहरु दोहोरिनु भनेको अस्तित्व संकटमा पर्नु हो । जनतालाई पार्टी पार्टीमा बिभक्त गर्नेहरु आफै शक्तिशाली भएको आत्मरतिमा छन् । आत्मरति वीरता होइन, पलायन हो । कर्तव्यच्यूत हो । कर्तव्यच्यूतहरु वीर हुनसक्दैनन् । लोकतान्त्रिक पनि हुनसक्दैनन् । अकर्मण्यहरुको इतिहास भनेको कालो नै लेखिन्छ ।

नेपाली नेताको चरित्रअनुसारको एउटा चल्तीको कथा यस्तो छ–
सर्पले टोकेको मान्छेलाई घाट पु¥याउनासाथ स्यालले देखेछ र आएर सुझाव दियो– सर्पले टोकेको लाश पोल्न हुन्न । गाड्नुपर्छ । सर्पले टोकेको लाश बौरिन पनि सक्छ, कुर्नुपर्छ, साँझासम्म पख्नुस् है । मलामीलाई यो सुझाव ठिकै लाग्यो ।
स्याल गयो, गिद्ध आयो । त्यो स्याल धुृर्तछ, त्यसको कुरा नपत्याउनुस् है । साँझ परेपछि लाश तान्ने सुर छ त्यसको । त्यसैले लाशलाई खोलामा बगाइदिनोस् । मरेको मान्छे बौरिने कुरा बेकार हो ।गिद्ध गयो, झाडीमा लुकेको स्याल फेरि आयो र भन्यो– पानीमा बगेको लाश लुछ्ने दाउ छ है त्यसको, बुझ्नोस् । शब बगाउनु हुन्न, गाड्नैपर्छ ।मलामीहरु ट्वाँ परे, के गर्ने के नगर्ने ?
यस्तै छ नेपालको लोकतन्त्र ।

जसरी पनि जनताको आँखामा छारो हाल्ने हो, भ्रममा पार्ने हो र जनतालाई जिल्याएर गिद्ध र स्यालले लाश लुछ्ने अक्किल निकालेझैं देश र लोकतन्त्रको आवरणमा लुट्नुसम्म लुट्ने काम भइरहेको छ । अत्याचार, दूराचार, तस्करी, भ्रष्टाचार जे गरे पनि लोकतन्त्रको नारा लगाएर भइरहेका छन् । सार्वभौम जनताको कुनै भाउ छैन ।नेताहरु दस्ता बनाएर भोटको राजनीति गर्छन् । गरीवलाई पेलेर लोकतन्त्रको बठ्याइँ गर्छन् । सर्वहारा, सिमान्तकृत जनताको पक्षमा कोही उभिन तैयार छैनन् । सबैलाई काजु खाएर ¥याल काढ्नकै हतारो छ । सत्ताका लागि नेता नेता, पार्टी पार्टी र अन्तरपार्टी बिग्रहसमेत झिंझाका डाँकाहरुको नियतिमा देखिन थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports