kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

footer