kumari
stcnepal

जसपा नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।

पार्टीले सञ्चालन गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सङ्गठन गठन, पुनर्गठन तथा रूपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको हो । पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापा मगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलाई प्रमुख अतिथि रहने भएका छन् ।

footer