kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।

बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकी सहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए । पूर्वराजा बिर्तामोडको पञ्चकन्या स्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका हुन् । राप्रपाका अध्यक्ष लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा थिए ।

footer