kumari
stcnepal

रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज देखि महोत्तरीको जलेश्वरमा सुरु हुदै

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबार देखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए । महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

footer