kumari
stcnepal

प्रधानन्यायाधिश राणाले आज पनि तोके पेशी

 

काठमाडौं । न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेशी तोकेका छन् ।
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेको लगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले आज पनि आन्दोलन जारी राखेका छन् ।

footer