kumari
stcnepal

एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलायो

काठमाडौँ । एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी शुक्रबार आदेश दिएको हो ।

व्यवसायिक वातावरण नरहेको दाबी गर्दै यही साता मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यस विरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।

footer