सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाँठी कुरो नेतृत्वमा स्वाभिमान नहुनु नै हो

442
shares

राजन कार्की
हामी असरल्ल हुनुको कारण, संविधान असहाय हुनुको कारण हामी आफै हौं, हाम्रो असफल नेतृत्व हो । गाँठी कुरो नेतृत्वमा स्वाभिमान नहुनु होइतिहासविदहरुले जति बुझाए पनि नेतृत्व बुझ्नै चाहदैन । गजडी झैं सत्ताको नशा र भ्रष्टाचारको भाङ खाएकाहरु देश बुझ्दैनन्, स्वाधीनता देख्दैनन्, स्वाभिमानी बन्नै चाहदैनन् । आधुनिक नेपाल कुनै सङ्घर्ष नगरी निर्माण भएको मुलुक होइन । हाम्रा पुर्षाहरुले मातृभूमिको अस्तित्वरक्षाका लागि ब्यापक बलिदान दिएका छन् । आधिकारिक रुपमा नेपाल अधिराज्यको गठन सन् १७६८ मा भएको मानिन्छ । त्यतिबेला भारत भन्ने देश नै थिएन । भारत त सन १९४७ मा स्वतन्त्र भएको हो ।

हो, नेपाल मण्डलमा अनेक साना ठूला राज्यहरु थिए । अनेक जातजातिहरु थिए । अचम्म, त्यतिबेला पनि जातीय सद्भाव र सम्पर्क सूत्रमा बाँधिएकै थिए । गोरखामा सन १७२३, जनवरी ११ मा जन्मिएका पृथ्वीनारायण शाह सन १९४३, अप्रिल ३ मा २० वर्षकै उमेरमा राजा बने । एकीकरणका यी महामनाको सन १९७५, जनवरी १५ मा देवीघाटमा अन्त नभएसम्मको अवधिमा नेपाल अधिराज्य बन्यो । यो एकीकरण अभियान वास्तवमा जातजाति, भाषाभाषी, सांस्कृतिक स्वरुपको पनि एकीकरण थियो । यही अजेय र अद्वितीय एकीकरणको उज्यालोमा गोर्खाको वीरता पनि विश्वव्यापी हुँदै गएको हो ।

नियतिले नेपालको अवस्था घाट पु¥याएको अथवा ब्रम्हनालमा सुताएको बिरामीको जस्तो छ । तथापि पृथ्वीनारायण शाहले रोपेको इमानको जरा उखेलिएको छैन । ठूटो भए बुटो पलाउँछ, जरा भए बिरुवा उम्रन्छ । इमानको जराबाट नेपाल लहलहाउँछ भन्ने आशा छ यद्यपि राजनीति जतिसुकै बिकृत, असंस्कृत, असान्दर्भिक र असभ्य भए पनि । ऐनाजस्तो कञ्चन पानी बग्ने बागमतीलाई ढलमती बनायौं, कुनै दिन त हामीलाई चेत फिर्ला, आफैसँग लज्जाबोध होला र मती फिर्ला ।

गौरवशाली देशले सधैं जनतालाई हे¥यो, जनताले जनप्रतिनिधिलाई हेरे । तर, बेला बेलामा खड्ग उठिरहे, खड्गो परिरह्यो । कुनै पनि दिन देशका लागि शुभ दिन हुनसकेको छैन । हामी चारखुट्टे बाँदरबाट दुई खुट्टा टेक्ने मान्छे त बन्यौं, विवेकशील किन बन्न सकेनौं । हामीमा नेपालीत्वप्रतिको इमान र नैतिक मूल्य किन ढल्दै गएको हो ? समयले खडा गरेको यो यक्ष प्रश्न हो ।

एउटा घटना छ विश्वप्रसिद्ध धनाध्य रकफेलर र मगन्तेको । रकफेलर घुम्दै आउँदा बाटोमा आँखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङ्गिए– काम नपाएको मान्छे । मगन्तेले आँखा खोलेर हे¥यो र फेरि आँखा चिम्लियो । रकफेलर फेरि जङ्गिए– चिनिनस्, म रकफेलर । उसले आँखा नउघारिकनै भन्यो– चिनें, तिमी धनाध्ये रकफेलर भएर के भयो त ? मेरा लागि त तिमी गरीव हौ ।
रकफेलरले जिल्ल पर्दै भन्यो– कसरी गरीव ? मगन्तेले भन्यो– रकफेलर, तिमी संसारको सबैभन्दा गरीव हौ । दरिद्र सोच छ तिम्रो । तिमी आधा छौ, तिमीलाई तिम्रो आत्माले छोडेको दिन तिमीलाई धनले जोगाउँदैन । माटो बन्छौ । अहंकार नगर । धनी त म हुँ । मलाई सन्तोष छ । म विहानी सूर्यको ताप लिइरहेछु । म र प्रकृतिवीचको मीठो सम्बन्ध छ, बाधा नहाल । यस्तो कुरा सुनेर रकफेलर टोलाउँदै घरतिर लाग्यो ।

अर्थात्, मान्छे केको लागि दगुर्छ ? आत्मसुख, आत्मतुष्टी र आत्मशान्तिको लागि ? कि व्यापक पैसा र अपार शक्तिका लागि ? के हाम्रा नेताहरु अति स्वार्थी महत्वकांक्षाका लागि दगुरिरहेका छैनन् ? के यिनले बाइसे र चौबिसे राज्यको कान्छो राज्य गोर्खा थियो र यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्यमा कुन दुःखले आर्जित भयो भन्ने इतिहास पढेका छन् ?
स्वामी बिवेकानन्दले भनेका थिए– जनता नभएको देश हुन्न, जनताको डर जहिले पनि नेतृत्वमा हुनुपर्छ । जनताको भयले नेतालाई सत्मार्गमा लगाउने गर्छ । कौटिल्यले सामाजिक संस्थाहरु जहिले पनि जनताको भयबाट त्रसित हुनुपर्छ भने । डार्बिनको सिद्धान्तले पनि एकतामा शक्ति र अनेकतामा समाप्ति हुन्छ भनेको छ ।

तेस्रो शताव्दि बीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कम्फुसियसलाई चेला राजकुमारले सोधे– राजकाजका अपरिहार्य तीन तत्व के हुन् ? गुरुले भने– सेना, जनतालाई राहत र सरकारप्रति जनविश्वास । यी तीन मध्ये एउटा हटाउनु परे कुन हटाउने ? राजकुमारको प्रश्नमा कन्फुसियसले भने– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाह्य खतरासँग जनता आफै लड्छ । बाँकी दुई तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने ? गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ । राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । विश्वास राज्यको जग हो । यी आधारका सन्दर्भमा नेपाल अधिराज्यको अवस्था के छ ?

पृथ्वीनारायण शाहपछि र खासगरी आधुनिक नेपालमा उत्तरदायी र आत्मविश्वासी पृथ्वीराज चौहानजस्तो नेताको किन जन्मेनन् ? भेद समाप्त पार्न नेल्सन मण्डेला दक्षिण अफ्रिकामा जन्मिए । ३० वर्षको काराबासपछि निस्केका काला मण्डेलासँग गोराहरुले गर्ब गर्दै हात मिलाए । गजबको मानसिक परिवर्तन हो त्यो । राजा महेन्द्रले २०१७ सालदेखि २०२८ सालको अवधिमा देशमा विकास र विश्वमा इज्जत स्थापित गरे । त्यो विकास र इज्जत च्यात्ने प्रतिस्पर्धा छ । चमत्कार हुन्छ भन्नेहरुको गजबको बाँदर चरित्र हो यो ।
हाम्रो नेतृत्व सीमा मिच्नेसँग भिड्न सक्दैन, चिर हरण गर्नेलाई दण्डित गर्न सक्दैन,। कमजोरलाई तर्साउने, मार्ने, शोषण गर्ने, कारवाही गर्ने र छल र बल देखाएर राज्य ढुकुटी लुट्ने राजनीतिले आफूलाई राष्ट्रवादी दावी गरिरहेको छ । राष्ट्रवाद विदेशी चलखेल र अतिक्रमणमा लावारिस बन्दै गइरहेको छ । बेनिभोलेन्स नेतृत्व जन्म्यो भनेको त घरका भेदी पो जन्मिएको रहेछ । धुन्धुकारी ।

महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ । त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने– पार्थ आफै शक्तिशाली बन्ने साहस गर । सत्य यही थियो र यही हो ।
हाम्रा नेताहरु ब्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी हुन् । अर्जुनलाई श्रीकृष्णको बरदान थियो, हाम्रा नेताहरुलाई विदेशीको धाप र आशीर्वाद छ । यी आफैमा महारथी होइनन् । यिनले स्वाधीन शक्तिशाली बन्ने चेष्टा कहिल्यै गरेनन् । यीभन्दा दयापात्र अरु को हुनसक्छ ? चिन्ता देशको छ, देश नमरोस् । नेपाल बाँचिरहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports