kumari
stcnepal

कुवेतका अमिरको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाइँने

काठमाडौँ । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो ।

आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ । मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

footer