kumari
stcnepal

चार पूर्वउपकुलपतिको वक्तव्य:  सरकार र दलहरु संवेदनहीन हुनु आश्चर्य

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिले नेपाल बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।सरकार र राजनीतिक दलहरुले भने न्यायालयको समस्या न्यायालयले नै समाधान गरोस् भन्दै आएका छन् ।

त्रिविका चार पूर्वउपकुलपति महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जङ्ग शाहले शनिबार संयुक्त वक्तव्य जारी गर्दै बार एशोसिएसनको आन्दोलनप्रति जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि दुर्भाग्य भएको बताएका छन् ।

न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन आन्दोलनले अविलम्ब निकास पाउन जरूरी रहेको भन्दै उनीहरुले भनेका छन्, ‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ ।’

जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्दै उनीहरुले भनेका छन्, आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।’

हेर्नुहोस् विज्ञप्ति

footer