kumari
stcnepal

प्रचण्डलाई ठूलो झड्का, बिश्वासपात्र रिमालले त्यागे माओवादी केन्द्र

 

चितवन । नेकपा माओवादी केन्द्रका नेता एवम् बाम बुद्धिजीवि प्रेम रिमालले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । शनिवार साँझ फेसबुकमा स्टाटस लेखेर रिमालले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने रिमाल पेशाले शिक्षक हुनुहुन्छ ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हुँ, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ, तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’, रिमालले भन्नुभयो । । उहाँले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गर्नुभयो । आफु जीवनभर कम्युनिष्ट रहने समेत उहाँले उद्घोष गर्नुभएको छ ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उहाँको भनाई छ । उहाँले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताउनु भयो ।

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उहाँकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान सञ्चालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा दर्जनौ ठाँउमा भाषण समेत गर्दै हिडनु भएको थियो । माओवादी केन्द्रले पनि उहाँलाई चुनावका बेलामा भाषण गर्न मात्रै सम्झिने गरेको थियो । माओवादी केन्द्र पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको रिमालल बताउनु भएको हो ।

footer