kumari
stcnepal

विप्लव समूह राजनीतिक दल हो कि होइन ?

  • राजनीतिक दल भए राजनीतिक तरिकारले समस्याको समाधान खोज

काठमाडौ । २०४७ सालमा राजनीतिक परिवर्तन भएपनि मुलुकले शान्ति पाउन सकेन । २०५१ सालमा तत्कालिन संयुक्त जनमोर्चाले अर्को आन्दोलन सुरु गरेर १० वर्षे जनयुद्ध नै चलायो । त्यसबेला १० वर्षे जनयुद्धका बेला झण्डै १७ हजार निर्दोष मानिसको हत्या गरियो । आन्दोलनकारी र सरकार दुवैले त्यसबेला मानवताविरोधी कार्य गरेका थिए । व्यक्ति अपाङ्ग मात्र भएन आफ्ना अभिभावक र सन्तान गुमाउन समेत बाध्य भए ।

२०६२/६३ को आन्दोलनपछि केही समय मुलुक शान्त भएपनि अहिले फेरी मुलुकमा अशान्ति फैलिएको छ । वम विस्फोटका घटनाहरु भएका छन् । दैवी विपत्ति बाहेकका अन्य घटना राजनीतिक उदेश्यका लागि घटाइने गरेका छन् । तत्कालिन माओवादीबाट अलग भएर नेत्रविक्रम चन्दले अर्को राजनीतिक दल सञ्चालन गरिरहेका छन् । केही दिन पहिला ललितपुरमा रहेको एनसेल कार्यालयमा बम विस्फोट गराइयो त्यसको जिम्मा विप्लव समूहले लिएको छ । वम विस्फोट हुँदा एक सर्वसाधारण मानिसले ज्यान गुमाउनु प¥यो ।

पछिल्लो समयमा विप्लव समूहले मुलुकमा केही मात्रामा चन्दा आतंक मच्चाएको आरोप उक्त समूहमाथि लाग्दै आएको छ । मुलुकमा दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरे । त्इही पार्टीको नाममा निर्वाचनमा सहभागि भएर संघीय संसदमा झण्डै एक्लै दुई तिहाई मत ल्याउन सफल भएपनि अहिलेसम्म न त केपी ओली नेतृत्वको सरकारले न त सत्ताधारी दल कम्युनिष्ट पार्टीले नेत्र विक्रम चन्द विप्लव समूह राजनीतिक दल हो कि हाइन भनेर कहीँ कतै बोलेको छैन । यदि उक्त समूह राजनीति दल हो भने उसलाई राजनीतिक व्यवहार नै गरिनुपर्दछ । यदि होइन भने उसलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ ।

मुलुकमा विभिन्न ठाउँमा विप्लव समूहका कार्यकर्ताहरु पक्राउ परिरहेका छन् । उनीहरुसँग अत्याधुनिक हतियारहरु समेत रहेको सुरक्षा निकायले नै बताइरहेका छन् । उनीहरुसँग अत्याधुनिक हतियारहरु कहाँबाट आए ? उनीहरुलाई हतियार कसले उपलब्ध गरायो ? सबैभन्दा पहिला त्यसको खोजविना हुनु आवश्यक छ । विप्लवका कार्यकर्ताहरु हतियारसहित अर्धभूमिगत अवस्थामा सरकार विरोधी गतिविधिमा संलग्न भएपछि त्यसलाई नियन्त्रण गर्ने दायित्व सरकारको मात्र नभएर सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको पनि हो ।

विप्लव समूह पहिला तत्कालिन माओवादी केन्द्रबाटै विभाजितभएर नयाँ दल खडा गरेको हुनाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई विप्लव समूहका बारमा राम्रो जानकारी रहेको छ । उक्त समूहसँग हतियारहरु अत्याधुनिक रहनु र तत्कालिन माओवादीले सेना समायोजना गर्दा धेरै हतियारहरु लुकाएको र अहिले तिनै हतियारहरु सरकार विरोधी गतिविधिमा प्रयोग गर्न थालिएको प्रहरीकोभ नाई रहेकोले अब नेकपा अध्यक्ष पुष्पकमल दाहालले भन्नुप¥यो माओवादीका तत्कालिन सेना समायोजन गर्दा कति हतियार लुकाइएको थियो ? त्यसरी लुकाइएको हतियारहरु कसरी विप्लव समूहका कार्यकर्ताहरुले पाए ?

विप्लव समूहका कार्यकर्ताहरुबाट बरामद गरिएका अत्याधुनिक हतियारहरु माओवादीले चलाएको द्वन्द्वकालमा नेपाली सेनाबाट लुटिएको हतियार हुन सक्छन् । पछिल्लो समयमा प्रहरीले विप्लव समूहका कार्यकर्ताहरुबाट वरामद गरेका हतियार नेपाली सेनाले द्वन्द्वकालमा अमेरिकाबाट खरिद गरी ल्याएको थियो । मोरङबाट प्रहरीले विप्लवका कार्यकर्ता देवकुमार लिम्बुलाई हतियारसहित पक्राउ गरेको छ । उनी कोशी व्यूरो सदस्य रहेको प्रहरीको भनाई रहेको छ । उनको साथबाट एलएमजी एक थान, एम १६ एकथान र उनले प्रयोग गरेको मोटरसाइकल समेत वरामद गरेको छ ।

लिम्बुबाट बरामद भएको हतियार ४० राउण्ड गोली लोड हुने र एममा १६ र ३० गोली लोड हुने रहेका छन् । यसरी खुलेआम हतियार बोकेर हिड्नेगरेको भएपनि सरकारले उनीहरुलाई नियन्त्रण गर्नसकेको छैन । केही दिन पहिला गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई संरक्षण र उन्मुक्ति दिएको हुनाले उनीहरुको मनोबल बढेको उद्घोष गरेपनि कसले संरक्षण दियो भनेर केही उल्लेख नगरेका हुनाले पनि सत्ताधारी दलका नेताहरुमाथि औँला उठ्न सक्ने सम्भावना बढेको छ ।

सत्ताधारी दलपनि कम्युनिष्ट पार्टी नै भएको र विप्लव समूहपनि कम्युनिष्ट पार्टी नै भएकाले विप्लव समूहसँग वार्ता गरी सही रुपमा समस्याको समाधान खोजीनुपर्दछ । उक्त समूह राजनीतिकदल हो कि होइन त्यसको जवाफ सत्ताधारी दल र सरकारले दिनुपर्छ ।

footer