kumari
stcnepal

नेपाल प्रहरीका एसपी एसएसपीमा बढुवामा सिफारिस

 

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।
आज साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ ८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
समितिले विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । अन्यमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन्।
बढुवा सिफारिस सूची नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको समितिले जनाएको छ ।

footer